काठमाडौंः चीनको वुहानबाट फैलिएको नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट विश्वभर हालसम्म मृत्यु हुनेको संख्या ५ लाख १ हजार २९८ जनाको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण अहिलेसम्म कुल १ करोड ८१ हजार ५४५ जना संक्रमित भएको पुष्टि भएको छ । यस्तै, कोरोना भाइरस संक्रमित मध्ये ५४ लाख ५८ हजार ३६९ जना उपचारपछि घर फर्किएका छन् ।

चीनको वुहानबाट सुरु भएको कोरोनाको संक्रमणबाट अमेरिकामा १ लाख २८ हजार १५२ जनाको मृत्यु भएको छ । यसैगरी, ब्राजिलमा ५७ हजार १०३ जना, बेलायतमा ४३ हजार ५१४ जना, इटालीमा ३४ हजार ७१६ जना र फ्रान्समा २९ हजार ७७८ जनाको मृत्यु भएको छ ।


हालसम्ममा कोरोना भाइरसका कारणबाट अमेरिकामा विश्वकै सबैभन्दा बढी संक्रमित देखिएका छन् । अमेरिकामा संक्रमित हुनेको संख्या २५ लाख ९६ हजार ५३७ जना पुगेको छ । अमेरिकापछि ब्राजिलमा बढि संक्रमित देखिएको छ । अहिलेसम्म ब्राजिलमा १३ लाख १५ हजार ९४१ जना, रसियामा ६ लाख २७ हजार ६४६ जना, भारतमा ५ लाख २९ हजार ५७७ जना र बेलायतमा ३ लाख १० हजार २५० जनामा संक्रमण देखिएको छ ।

हालसम्ममा अमेरिकामा १० लाख ८१ हजार ४३७ जना उपचारपछि घर फर्किएका छन् । यसैगरी, ब्राजिलमा ७ लाख १५ हजार ९०५ जना, रसियामा ३ लाख ९३ हजार ३५२, भारतमा ३ लाख १० हजार १४६ र चिलीमा २ लाख २८ हजार ५५ जना उपचारपछि घर फर्किएका छन् ।

चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् । तर उक्त संक्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन् ।

कुन देशमा कति जना उपचारपछि घर फर्किए, कति जनामा संक्रमण र कति जनाको मृत्यु भएको छ ? हेर्नुहोस्ः

साभारः https://www.worldometers.info/coronavirus


प्रकाशित मितिः आइतबार, असार १४, २०७७, ०८:४८