काठमाडौंः चीनको वुहानबाट फैलिएको नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट संक्रमित हुनेको संख्या ८७ लाख ५० हजार ४७८ जनामा संक्रमित भएको पुष्टि भएको छ ।

विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण हालसम्म कोरोना भाइरसबाट ४ लाख ६१ हजार ८१३ जनाको मृत्यु भएको छ । यस्तै, उपचारपछि घर फर्किने संख्या ४६ लाख २० हजार ३५५ जना पुगेको छ ।

हालसम्ममा कोरोना भाइरसका कारणबाट अमेरिकामा विश्वकै सबैभन्दा बढी संक्रमित देखिएका छन् । अमेरिकामा संक्रमित हुनेको संख्या २२ लाख ९६ हजार ७८६ जना पुगेको छ । अमेरिकापछि ब्राजिलमा बढि संक्रमित देखिएको छ ।


। अहिलेसम्म ब्राजिलमा १० लाख ३८ हजार ५६८ जना, रसियामा ५ लाख ६९ हजार ६३ जना, भारतमा ३ लाख ९५ हजार ८१२ जना र बेलायतमा ३ लाख १ हजार ८१५ जनामा संक्रमण देखिएको छ ।

चीनको वुहानबाट सुरु भएको कोरोनाको संक्रमणबाट अमेरिकामा १ लाख २१ हजार ४०२ जनाको मृत्यु भएको छ । यसैगरी, ब्राजिलमा ४९ हजार ९० जना, बेलायतमा ४२ हजार ४६१ जना, इटालीमा ३४ हजार ५६१ जना र फ्रान्समा २९ हजार ६१७ जनाको मृत्यु भएको छ ।

हालसम्ममा अमेरिकामा ९ लाख ५६ हजार ३८ जना उपचारपछि घर फर्किएका छन् । यसैगरी, ब्राजिलमा ५ लाख २० हजार ३६० जना, रसियामा ३ लाख २४ हजार ४०६, भारतमा २ लाख १४ हजार २०६ र चिलीमा १ लाख ९१ हजार ४९१ जना उपचारपछि घर फर्किएका छन् ।

चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् । तर उक्त संक्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन् ।

कुन देशमा कति जना उपचारपछि घर फर्किए, कति जनामा संक्रमण र कति जनाको मृत्यु भएको छ ? हेर्नुहोस्ः

साभारः https://www.worldometers.info/coronavirus


प्रकाशित मितिः शनिबार, असार ६, २०७७, ०६:३१