चीनको वुहानबाट फैलिएको नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट संक्रमित हुनेको संख्या ९३ लाख ५९ हजार २७९ जनामा संक्रमित भएको पुष्टि भएको छ ।

विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण हालसम्म कोरोना भाइरसबाट ४ लाख ७९ हजार ८५९ जनाको मृत्यु भएको छ । यस्तै, उपचारपछि घर फर्किने संख्या ५० लाख ४६ हजार २७२ जना पुगेको छ ।

हालसम्ममा कोरोना भाइरसका कारणबाट अमेरिकामा विश्वकै सबैभन्दा बढी संक्रमित देखिएका छन् । अमेरिकामा संक्रमित हुनेको संख्या २३ लाख ८८ हजार १४२ जना पुगेको छ । अमेरिकापछि ब्राजिलमा बढि संक्रमित देखिएको छ । अहिलेसम्म ब्राजिलमा ११ लाख ११ हजार ३४८ जना, रसियामा ५ लाख ९२ हजार २८० जना, भारतमा ४ लाख ४० हजार ४५० जना र बेलायतमा ३ लाख ५ हजार २८९ जनामा संक्रमण देखिएको छ ।


चीनको वुहानबाट सुरु भएको कोरोनाको संक्रमणबाट अमेरिकामा १ लाख २२ हजार ६१० जनाको मृत्यु भएको छ । यसैगरी, ब्राजिलमा ५१ हजार ४०७ जना, बेलायतमा ४२ हजार ६४७ जना, इटालीमा ३४ हजार ६५७ जना र फ्रान्समा २९ हजार ६६३ जनाको मृत्यु भएको छ ।

हालसम्ममा अमेरिकामा १० लाख २ हजार ३३८ जना उपचारपछि घर फर्किएका छन् । यसैगरी, ब्राजिलमा ५ लाख ७९ हजार २२६ जना, रसियामा ३ लाख ४४ हजार ४१६, भारतमा २ लाख ४८ हजार १३७ र चिलीमा २ लाख ५ हजार ३९७ जना उपचारपछि घर फर्किएका छन् ।

चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् । तर उक्त संक्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन् ।


प्रकाशित मितिः १० असार २०७७, बुधबार, १०:४५