काठमाडौंः चीनको वुहानबाट फैलिएको नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट संक्रमित हुनेको संख्या २४ लाख ८१ हजार २८७ जनामा संक्रमित भएको पुष्टि भएको छ ।

विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण हालसम्म कोरोना भाइरसबाट १ लाख ७० हजार ४३६ जनाको मृत्यु भएको छ । यस्तै, उपचारपछि घर फर्किने संख्या ६ लाख ४६ हजार ८५४ जना पुगेको छ ।

हालसम्ममा कोरोना भाइरसका कारणबाट अमेरिकामा विश्वकै सबैभन्दा बढी संक्रमित देखिएका छन् । अमेरिकामा संक्रमित हुनेको संख्या ७ लाख ९२ हजार ७५९ पुगेको छ । अमेरिकापछि स्पेनमा बढि संक्रमित देखिएको छ । अहिलेसम्म स्पेनमा २ लाख २१० जनामा संक्रमण देखिएको छ भने इटालीमा १ लाख ८१ हजार २२८ जनामा संक्रमण देखिएको छ ।


। यसैगरी, फ्रान्समा १ लाख ५५ हजार ३८३, जर्मनीमा १ लाख ४७ हजार ०६५ र चीनमा ८२ हजार ७५८ जनामा संक्रमण देखिएको छ ।

यस्तै, चीनको वुहानबाट सुरु भएको कोरोनाको संक्रमण अहिलेसम्म अमेरिकामा ४२ हजार ५१४ जनाको मृत्यु भएको छ । यसैगरी इटालीमा २४ हजार ११४ जना, स्पेनमा २० हजार ८५२ जना, फ्रान्समा २० हजार २६५ जना, जर्मनीमा ४ हजार ८६२ जना, चीनमा ४ हजार ६३२ जनाको मृत्यु भएको छ ।

यसैगरी, जर्मनीमा ९१ हजार ५०० जना उपचारपछि घर फर्किएका छन् । यसैगरी, स्पेनमा ८० हजार ५८७ जना, चीनमा ७७ हजार १२३ जना, अमेरिकामा ७२ हजार ३८९ जना, इटालीमा ४८ हजार ८७७ जना र फ्रान्समा ३७ हजार ४०९ जना उपचारपछि घर फर्किएका छन् ।

चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् । तर उक्त संक्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन् ।

कुन देशमा कति जना उपचारपछि घर फर्किए, कति जनामा संक्रमण र कति जनाको मृत्यु भएको छ ? हेर्नुहोस्ः

साभारः https://www.worldometers.info/coronavirus/


प्रकाशित मितिः मंगलबार, वैशाख ९, ०८:३६