काठमाडौंः चीनको वुहानबाट फैलिएको नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट संक्रमित हुनेको संख्या २८ लाख ३० हजार ०८२ जनामा संक्रमित भएको पुष्टि भएको छ ।

विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण हालसम्म कोरोना भाइरसबाट १ लाख ९७ हजार २४६ जनाको मृत्यु भएको छ । यस्तै, उपचारपछि घर फर्किने संख्या ७ लाख ९८ हजार ७७६ जना पुगेको छ ।

हालसम्ममा कोरोना भाइरसका कारणबाट अमेरिकामा विश्वकै सबैभन्दा बढी संक्रमित देखिएका छन् । अमेरिकामा संक्रमित हुनेको संख्या ९ लाख २५ हजार ०३८ पुगेको छ । अमेरिकापछि स्पेनमा बढि संक्रमित देखिएको छ । अहिलेसम्म स्पेनमा २ लाख १९ हजार ७६४ जनामा संक्रमण देखिएको छ भने इटालीमा १ लाख ९२ हजार ९९४ जनामा संक्रमण देखिएको छ ।


। यसैगरी, फ्रान्समा १ लाख ५९ हजार ८२८, जर्मनीमा १ लाख ५४ हजार ९९९ र चीनमा ८२ हजार ८१६ जनामा संक्रमण देखिएको छ ।

यस्तै, चीनको वुहानबाट सुरु भएको कोरोनाको संक्रमण अहिलेसम्म अमेरिकामा ५२ हजार १८५ जनाको मृत्यु भएको छ । यसैगरी इटालीमा २५ हजार ९६८ जना, स्पेनमा २२ हजार ५२४ जना, फ्रान्समा २२ हजार २४५ जना, जर्मनीमा ५ हजार ७६० जना, चीनमा ४ हजार ६३२ जनाको मृत्यु भएको छ ।

यसैगरी, अमेरिकामा १ लाख १० हजार ४३२ जना उपचारपछि घर फर्किएका छन् । यसैगरी, जर्मनीमा १ लाख ६ हजार ८०० जना, स्पेनमा ९२ हजार २५५ जना, चीनमा ७७ हजार ३४६ जना, , इटालीमा ६० हजार ४९८ जना र फ्रान्समा ४३ हजार ४९३ जना उपचारपछि घर फर्किएका छन् ।

चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् । तर उक्त संक्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन् ।

कुन देशमा कति जना उपचारपछि घर फर्किए, कति जनामा संक्रमण र कति जनाको मृत्यु भएको छ ? हेर्नुहोस्ः

साभारः https://www.worldometers.info/coronavirus/


प्रकाशित मितिः शनिबार, वैशाख १३, ०९:१४