काठमाडौंः चीनको वुहानबाट फैलिएको नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट संक्रमित हुनेको संख्या ३१ लाख ३८ हजार ११५ जनामा संक्रमित भएको पुष्टि भएको छ ।

विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण हालसम्म कोरोना भाइरसबाट २ लाख १७ हजार ८७० जनाको मृत्यु भएको छ । यस्तै, उपचारपछि घर फर्किने संख्या ९ लाख ५५ हजार ७७० जना पुगेको छ ।

हालसम्ममा कोरोना भाइरसका कारणबाट अमेरिकामा विश्वकै सबैभन्दा बढी संक्रमित देखिएका छन् । अमेरिकामा संक्रमित हुनेको संख्या १० लाख ३५ हजार ७६५ जना पुगेको छ । अमेरिकापछि स्पेनमा बढि संक्रमित देखिएको छ ।


। अहिलेसम्म स्पेनमा २ लाख ३२ हजार १२८ जना, इटालीमा २ लाख १ हजार ५०५ जना, फ्रान्समा १ लाख ६५ हजार ९११ जना, जर्मनीमा १ लाख ५९ हजार ९१२ जना र चीनमा ८२ हजार ८५८ जनामा संक्रमण देखिएको छ ।

चीनको वुहानबाट सुरु भएको कोरोनाको संक्रमण अहिलेसम्म अमेरिकामा ५९ हजार २६६ जनाको मृत्यु भएको छ । यसैगरी, इटालीमा २७ हजार ३५९ जना स्पेनमा २३ हजार ८२२, फ्रान्समा २३ हजार ६६०, जर्मनीमा ६ हजार ३१४ जना र चीनमा ४ हजार ६३३ जनाको मृत्यु भएको छ ।

यसैगरी, हालसम्ममा अमेरिकामा १ लाख ४२ हजार २३८ जना उपचारपछि घर फर्किएका छन् । यसैगरी, स्पेनमा १ लाख २३ हजार ९०३ जना, जर्मनीमा १ लाख १७ हजार ४०० जना, चीनमा ७७ हजार ५७८ जना, इटालीमा ६८ हजार ९४१ जना र फ्रान्समा ४६ हजार ८८६ जना उपचारपछि घर फर्किएका छन् ।

चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् । तर उक्त संक्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन् ।

कुन देशमा कति जना उपचारपछि घर फर्किए, कति जनामा संक्रमण र कति जनाको मृत्यु भएको छ ? हेर्नुहोस्ः

साभारः https://www.worldometers.info/coronavirus/


प्रकाशित मितिः बुधबार, वैशाख १७, ०८:२६