काठमाडौंः कोरोनाभाइरसका कारण बंगलादेशमा पनि पहिलो पटक एक व्यक्तिको मृत्यु भएको छ ।

रोग नियन्त्रण तथा अनुसन्धान संस्थान (आईईडीसीआर) ले बुधबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको पुष्टि गरेको हो ।

बंगलादेशमा ७० वर्षीय भन्दामाथिका एक व्यक्तिको कारोना संक्रमणका कारण मृत्यु भएको हो ।

बंगलादेशमा थप चार जनामा कोरोना संक्रमित फेला परेसँगै कोरोना संक्रमितको संख्या १४ पुगेको छ ।


प्रकाशित मितिः बिहीबार, चैत ६, ०८:११