काठमाडौंः अमेरिकाको वासिङ्टन राज्यमा कोरोनाभाइरसको संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ ।

अमेरिकामा सोमबार थप ४ जनाको मृत्यु भएपछि मृतकको संख्या ६ पुगेको हो ।

अमेरिकी स्वास्थ्य अधिकारीहरुका अनुसार वासिंगटनको किंग काउन्टी अस्पतालमा भर्ना भएकामध्ये ६ जनाको मृत्यु भएको हो ।

साताको अन्त्यतिर वासिङ्टन राज्यले राज्यमा कोरना संक्रमण देखिएपछि आपतकालको घोषणा गरेको थियो ।

अमेरिकामा हालसम्म पाँच राज्यमा कोरोनाभाइरसका संक्रमितहरू भेटिएका छन् ।

ती संक्रमितहरु वासिङटन, क्यालिफोर्निया, इलिनोइस, रोड आइल्याण्ड, न्यू योर्क, फ्लोरिडा र ओरेगन राज्यमा भेटिएका हुन् ।


संक्रमण फैलने दर उच्च भएपछि कोरोनाको महामारी रोक्न आवश्यक सबै उपाय अबलम्बन गर्न राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वास्थ्य अधिकारीहरुलाई निर्देशन दिएका छन् ।


प्रकाशित मितिः मंगलबार, फागुन २०, ०९:४१