काठमाडौंः इटालीमा कोरोनाभाइरसको संक्रमणबाट एकै दिन ३ सय ६८ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टाभित्र ३ सय ६८ को मृत्यु भएपछि इटालीमा कोरोनाभाइरसका कारण ज्यान गुमाउनेको संख्या १८ सय ९ पुगेको छ ।

थप ३५ सय ९० जनामा संक्रमण देखिएपछि संक्रमित हुनेको संख्या २४ हजार ७४७ पुगेको छ । उपचार गराइरहेका २० हजार ६ सय ३ जनामध्ये १६ सय ७२ जनाको अवस्था गम्भीर रहेको छ।

२३ सय ३५ जना भने उपचारपछि ठीक भएर घर फर्किसकेका छन् । कोरोनाभाइरसको महामारी बढेपछि इटाली सरकारले सबै नाका बन्द गरेर मानिसहरुलाई घरभित्रै रहन आह्वान गरेपनि संक्रमण रोकिएको छैन ।


प्रकाशित मितिः सोमबार ०३ चैत्र, ०६:५८