काठमाडौंः कोरोना भाइरसको संक्रमणका कारण विश्वमा हालसम्म ९ लाख २६ हजार भन्दा धेरैको ज्यान गइसकेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाले ९ लाख २६ हजार ५४४ संक्रमतिको मृत्यु भइसकेको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म संक्रमितको संख्या २ करोड ९१ लाख ५५ हजार ५८१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा विश्वमा ४ हजार २४५ संक्रमितको ज्यान गएको छ ।

पछिल्लो २४ घण्टामा विश्वमा २ लाख ३३ हजार १४ कोरोना संक्रमित थपिएका छन् ।


प्रकाशित मितिः २०७७ भदौ ३१, बुधबार, ०८:२३