काठमाडौंः कोरोना संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ९ लाख ६२ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म कोरोनाले ९ लाख ६२ हजार ६१३ संक्रमितको मृत्यु भइसकेको छ ।

संक्रमितको संख्या ३ करोड ११ लाख ७४ हजार ६२७ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै २ लाख २२ हजार २५६ संक्रमित थपिएका तथ्यांकमा उल्लेख छ । सोही अवधीमा ३ हजार ४७९ जनाको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार अघिल्लो २४ घण्टामा २ लाख ७२ हजार ५८५ जनामा कोरोना पुष्टि भएको थियो ।


प्रकाशित मितिः २०७७ अशोज ७, बुधबार, ०७:३३