काठमाडौंः विश्वमा कोरोना भाइरसको सङ्क्रमण फैलने क्रममा हालसम्म ७७ देश कोरोना सङ्क्रमणबाट प्रभावित भएको छ । यो संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ ।

विश्व स्वास्थ्य संगठनले एसियाका नेपालसहित पाँच देश उच्च जोखिममा रहेको भन्दै अनुगमन गरिरहेको छ । हालसम्म कोरोनाले मर्नेको संख्या तीन हजार २०३ पुगेको छ । विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस अदानम गेब्रियसले बुधबार चीनबाहेक ८० प्रतिशत कोरोना सङ्क्रमण कोरिया, इरान र इटालीको रहेको जनाए  ।

‘यति बेला कोरोनालाई लिएर एक प्रकारको त्रास जनतामा रहेको हामीले बुझेका छौं, तर केही थाहा नभएको अवस्थामा यसको जोखिम जति बढी हुन्छ, थाहा पाइसकेपछि केही कम गर्न सकिन्छ’, उनले भने ।


। कोरोना भाइरस, यो हुने कारणका बारेमा धेरै कुरा पत्ता लागेको नयाँ विज्ञप्तिमार्फत उनले जनाए ।

‘कोरोना सार्स जस्तो, मर्स जस्तो र इन्फ्लुएन्जा जस्तो हैन, यो एउटा निकै फरक विशेषता भएको भाइरस हो, तर यो इन्फ्लुएन्जा (मौसमी फ्लु) मा जस्तै नाक र मुखबाट बग्ने साना कणबाट एकअर्कामा सर्छ’, उनले इन्फ्लुएन्जा र कोरोनाबीच धेरै अन्तर रहेको प्रस्ट्याउँदै भने, ‘प्राप्त परीक्षणको तथ्यांक अनुसार पहिलो फरक इन्फ्लुएन्जाजस्तै सहजै यो सर्दैन किनकि जसलाई इन्फ्लुएन्जा भएको हुन्छ, त्यो बढी रफ्तारमा सर्छ । कोरोनामा यस्तो देखिएको छैन ।’ यो समाचार आजको गोरखापत्रमा छ ।


प्रकाशित मितिः बिहीबार, फागुन २२, ०७:३७