काठमाडौंः गत साता विश्व स्वास्थ संगठनका महानिर्देशक टेड्रोस अभानोम घेव्रेससले कोरोनाभाईरस नियन्त्रणमा नेपालको प्रयासको सराहना गरे ।

कोरानाभाईरसको नियन्त्रण गर्ने प्रयासहरुले काम गर्छन् भन्ने चीन, सिंगापुर, भियतनाम र नेपालले देखाएका छन्, आफ्नो दैनिक प्रेस व्रिफिङका क्रममा उनले भने ।

चीनको हुआनमा अध्ययनरत ३२ वर्षीय एक व्यक्ति शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गत जनवरी २३ तारिखमा भर्ना भएका थिए । उनीमा कोरोना भाईरसको संंक्रमण देखिएको थियो । तर १० दिनको उपचार पछि उनी सकुशल घर फर्केका थिए । उनको उपचारमा संलग्न स्वास्थकर्मी सहित उनका नजिकका ५० जनालाई संक्रमणको आशंकामा पछि परिक्षण गरियो ।


। तर कसैमा पनि भाईरसको लक्षण भेटिएन ।

विश्व स्वास्थ संगठनका महानिर्देशक घेव्रेससले त्यही घटनालाई आधार मानेका थिए । अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयले कोरोना भाईरसका बारेमा अद्यावद्यिक सुचना दिने इन्टरनेट ड्यासवोर्डको स्थापना गरेको छ । यो वोर्डमा नेपालमा एक कोरोनाभाईरसको केश भेटिएको र पछि सन्चो भएको भनेर उल्लेख गरिएको छ । यो समाचार आजको नागरिक मा छ ।


प्रकाशित मितिः शनिबार, फागुन २४, ०७:२९