काठमाडौंः चीनको वुहानबाट फैलिएको नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट विश्वभर हालसम्म उपचारपछि घर फर्किने संख्या १ करोड ११ लाख ६० हजार ५४ जना उपचारपछि घर फर्किएका छन् ।

विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण अहिलेसम्म कुल १ करोड ७७ लाख ५७ हजार ४९६ जना संक्रमित भएको पुष्टि भएको छ । यस्तै, कोरोना भाइरसबाट ६ लाख ८२ हजार ९९८ जनाको मृत्यु भएको छ ।

हालसम्ममा अमेरिकामा २३ लाख २७ हजार ५७२ जना उपचारपछि घर फर्किएका छन् । यसैगरी, ब्राजिलमा १८ लाख ८४ हजार ५१ जना, भारतमा १० लाख ९५ हजार ६४७, रसियामा ६ लाख ३८ हजार ४१० र चिलीमा ३ लाख २८ हजार ३२७ जना उपचारपछि घर फर्किएका छन् ।


हालसम्ममा कोरोना भाइरसका कारणबाट अमेरिकामा विश्वकै सबैभन्दा बढी संक्रमित देखिएका छन् । अमेरिकामा संक्रमित हुनेको संख्या ४७ लाख ५ हजार ८८९ जना पुगेको छ । अमेरिकापछि ब्राजिलमा बढि संक्रमित देखिएको छ । अहिलेसम्म ब्राजिलमा २६ लाख ६६ हजार २९८ जना, भारतमा १६ लाख ९७ हजार ५४ जना, रसियामा ८ लाख ३९ हजार ९८१ जना र दक्षिण अफ्रिकामा ४ लाख ९३ हजार १८३ जनामा संक्रमण देखिएको छ ।

चीनको वुहानबाट सुरु भएको कोरोनाको संक्रमणबाट अमेरिकामा १ लाख ५६ हजार ७४७ जनाको मृत्यु भएको छ । यसैगरी, ब्राजिलमा ९२ हजार ५६८ जना, मेक्सिकोमा ४६ हजार ६८८, बेलायतमा ४६ हजार ११९ जना र भारतमा ३६ हजार ५५१ जनाको मृत्यु भएको छ ।

चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् । तर उक्त संक्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन् ।

कुन देशमा कति जना उपचारपछि घर फर्किए, कति जनामा संक्रमण र कति जनाको मृत्यु भएको छ ? हेर्नुहोस्ः

साभारः https://www.worldometers.info/coronavirus


प्रकाशित मितिः शनिबार, साउन १७, २०७७, ०८:५३