काठमाडौंः चीनको वुहानबाट फैलिएको नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट विश्वभर हालसम्म उपचारपछि घर फर्किने संख्या ३ करोड २१ लाख ६२ हजार ८७ जना उपचारपछि घर फर्किएका छन् ।

विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण अहिलेसम्म कुल ४ करोड ३७ लाख ६९ हजार ५९० जना संक्रमित भएको पुष्टि भएको छ । यस्तै, कोरोना भाइरसबाट ११ लाख ६४ हजार २२७ जनाको मृत्यु भएको छ ।

हालसम्ममा भारतमा ७१ लाख ९८ हजार ७१५ जना उपचारपछि घर फर्किएका छन् । यसैगरी, अमेरिकामा ५८ लाख २२ हजार ५९७ जना, ब्राजिलमा ४८ लाख ६५ हजार ९३० जना, रसियामा ११ लाख ४६ हजार ९६ जना र कम्बोडियामा ९ लाख २४ हजार ४४ जना उपचारपछि घर फर्किएका छन् ।


कोरोना भाइरसका कारणबाट अमेरिकामा विश्वकै सबैभन्दा बढी संक्रमित देखिएका छन् । अमेरिकामा संक्रमित हुनेको संख्या ८९ लाख ६१ हजार ८३६ जना पुगेको छ । अमेरिकापछि भारतमा बढि संक्रमित देखिएको छ । अहिलेसम्म भारतमा ७९ लाख ४५ हजार ८८८ जना, ब्राजिलमा ५४ लाख ११ हजार ५५० जना, रसियामा १५ लाख ३१ हजार २२४ जना र फ्रान्समा ११ लाख ६५ हजार २७८ जनामा संक्रमण देखिएको छ ।

हालसम्ममा कोरोनाको संक्रमणबाट अमेरिकामा २ लाख ३१ हजार ३६ जनाको मृत्यु भएको छ । यसैगरी, ब्राजिलमा १ लाख ५७ हजार ४५१ जना, भारतमा १ लाख १९ हजार ५३५ जना, मेक्सिकोमा ८७ हजार ९२४ जना र बेलायतमा ४४ हजार ९९८ जनाको मृत्यु भएको छ ।

चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् । तर उक्त संक्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन् ।

कुन देशमा कति जना उपचारपछि घर फर्किए, कति जनामा संक्रमण र कति जनाको मृत्यु भएको छ ? हेर्नुहोस्ः

साभारः https://www.worldometers.info/coronavirus


प्रकाशित मितिः २०७७ साल कार्तिक ११ मंगलबार, ०६:४४