काठमाडौंः चीनको वुहानबाट फैलिएको नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट विश्वभर हालसम्म उपचारपछि घर फर्किने संख्या ५६ लाख ४६ हजार ८१६ जना उपचारपछि घर फर्किएका छन् ।

विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण अहिलेसम्म कुल १ करोड ४ लाख १ हजार १६२ जना संक्रमित भएको पुष्टि भएको छ । यस्तै, कोरोना भाइरसबाट ५ लाख ७ हजार ४९९ जनाको मृत्यु भएको छ ।

हालसम्ममा अमेरिकामा ११ लाख ४ हजार ७३६ जना उपचारपछि घर फर्किएका छन् । यसैगरी, ब्राजिलमा ७ लाख ५७ हजार ४६२ जना, रसियामा ४ लाख ३ हजार ४३०, भारतमा ३ लाख ३५ हजार २७२ र चिलीमा २ लाख ३६ हजार १५४ जना उपचारपछि घर फर्किएका छन् ।


हालसम्ममा कोरोना भाइरसका कारणबाट अमेरिकामा विश्वकै सबैभन्दा बढी संक्रमित देखिएका छन् । अमेरिकामा संक्रमित हुनेको संख्या २६ लाख ८१ हजार ४०६ जना पुगेको छ । अमेरिकापछि ब्राजिलमा बढि संक्रमित देखिएको छ । अहिलेसम्म ब्राजिलमा १३ लाख ७० हजार ४८८ जना, रसियामा ६ लाख ४१ हजार १५६ जना, भारतमा ५ लाख ६७ हजार ५३६ जना र बेलायतमा ३ लाख ११ हजार ९६५ जनामा संक्रमण देखिएको छ ।

चीनको वुहानबाट सुरु भएको कोरोनाको संक्रमणबाट अमेरिकामा १ लाख २८ हजार ७७४ जनाको मृत्यु भएको छ । यसैगरी, ब्राजिलमा ५८ हजार ३८५ जना, बेलायतमा ४३ हजार ५७५ जना, इटालीमा ३४ हजार ७४४ जना र फ्रान्समा २९ हजार ८१३ जनाको मृत्यु भएको छ ।

चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् । तर उक्त संक्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन् ।

कुन देशमा कति जना उपचारपछि घर फर्किए, कति जनामा संक्रमण र कति जनाको मृत्यु भएको छ ? हेर्नुहोस्ः

साभारः https://www.worldometers.info/coronavirus


प्रकाशित मितिः मंगलबार, असार १६, २०७७, ०६:१५