काठमाडौंः चीनको वुहानबाट फैलिएको नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट विश्वभर हालसम्म उपचारपछि घर फर्किने संख्या ३ करोड ६३ लाख ९५ हजार ९७५ जना उपचारपछि घर फर्किएका छन् ।

विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण अहिलेसम्म कुल ५ करोड १८ लाख १० हजार ८८९ जना संक्रमित भएको पुष्टि भएको छ । यस्तै, कोरोना भाइरसबाट १२ लाख ७९ हजार ५५० जनाको मृत्यु भएको छ ।

हालसम्ममा भारतमा ८० लाख १३ हजार ७८३ जना उपचारपछि घर फर्किएका छन् । यसैगरी, अमेरिकामा ६६ लाख १ हजार ३३१ जना, ब्राजिलमा ५० लाख ६४ हजार ३४४, रसियामा १३ लाख ५० हजार ७४१ र अर्जेन्टिनामा १० लाख ८१ हजार ८९७ जना उपचारपछि घर फर्किएका छन् ।


हालसम्ममा कोरोना भाइरसका कारणबाट अमेरिकामा विश्वकै सबैभन्दा बढी संक्रमित देखिएका छन् । अमेरिकामा संक्रमित हुनेको संख्या १ करोड ५ लाख ५९ हजार १८४ जना पुगेको छ । त्यस्तै, भारतमा ८६ लाख ३६ हजार ११ जना, ब्राजिलमा ५७ लाख १ हजार २८३ जना, फ्रान्समा १८ लाख २९ हजार ६५९ जना र रसियामा १८ लाख १७ हजार १०९ जनामा संक्रमण देखिएको छ ।

हालसम्ममा कोरोनाको संक्रमणबाट अमेरिकामा २ लाख ४५ हजार ७९९ जनाको मृत्यु भएको छ । यसैगरी, ब्राजिलमा १ लाख ६२ हजार ८४२ जना, भारतमा १ लाख २७ हजार ६१५ जना, मेक्सिकोमा ९५ हजार ८४२ जना र बेलायतमा ४९ हजार ७७० जनाको मृत्यु भएको छ ।

चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् । तर उक्त संक्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन् ।

कुन देशमा कति जना उपचारपछि घर फर्किए, कति जनामा संक्रमण र कति जनाको मृत्यु भएको छ ? हेर्नुहोस्ः

साभारः https://www.worldometers.info/coronavirus


प्रकाशित मितिः २०७७ साल कार्तिक २६ बुधबार, ११:३६