काठमाडौंः चीनको वुहानबाट फैलिएको नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट विश्वभर हालसम्म उपचारपछि घर फर्किने संख्या ३ करोड ८१ लाख २९ हजार २८२ जना उपचारपछि घर फर्किएका छन् ।

विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण अहिलेसम्म कुल ५ करोड ४८ लाख ४ हजार १९४ जना संक्रमित भएको पुष्टि भएको छ । यस्तै, कोरोना भाइरसबाट १३ लाख २४ हजार २५ जनाको मृत्यु भएको छ ।

हालसम्ममा भारतमा ८२ लाख ४७ हजार ९५० जना उपचारपछि घर फर्किएका छन् । यसैगरी, अमेरिकामा ६९ लाख ३४ हजार ६१३ जना, ब्राजिलमा ५२ लाख ९१ हजार ५११, रसियामा १४ लाख ३९ हजार ९८५ र अर्जेन्टिनामा ११ लाख २९ हजार १०२ जना उपचारपछि घर फर्किएका छन् ।


हालसम्ममा कोरोना भाइरसका कारणबाट अमेरिकामा विश्वकै सबैभन्दा बढी संक्रमित देखिएका छन् । अमेरिकामा संक्रमित हुनेको संख्या १ करोड १३ लाख ६५ हजार ५२ जना पुगेको छ । त्यस्तै, भारतमा ८८ लाख ४५ हजार ६१२ जना, ब्राजिलमा ५८ लाख ६३ हजार ९३ जना, फ्रान्समा १९ लाख ८१ हजार ८२७ जना र रसियामा १९ लाख २५ हजार ८२५ जनामा संक्रमण देखिएको छ ।

हालसम्ममा कोरोनाको संक्रमणबाट अमेरिकामा २ लाख ५१ हजार ८३२ जनाको मृत्यु भएको छ । यसैगरी, ब्राजिलमा १ लाख ६५ हजार ८११ जना, भारतमा १ लाख ३० हजार १०९ जना, मेक्सिकोमा ९८ हजार २५९ जना र बेलायतमा ५१ हजार ९३४ जनाको मृत्यु भएको छ ।

चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् । तर उक्त संक्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन् ।

कुन देशमा कति जना उपचारपछि घर फर्किए, कति जनामा संक्रमण र कति जनाको मृत्यु भएको छ ? हेर्नुहोस्ः

साभारः https://www.worldometers.info/coronavirus


प्रकाशित मितिः २०७७ साल मंसिर १ सोमबार, ०७:२३