काठमाडौंः चीनको वुहानबाट फैलिएको नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट विश्वभर हालसम्म उपचारपछि घर फर्किने संख्या ३ करोड ९७ लाख ३४ हजार ९४२ जना उपचारपछि घर फर्किएका छन् ।

विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण अहिलेसम्म कुल ५ करोड ७२ लाख ३९ हजार ९६४ जना संक्रमित भएको पुष्टि भएको छ । यस्तै, कोरोना भाइरसबाट १३ लाख ६५ हजार ६९५ जनाको मृत्यु भएको छ ।

हालसम्ममा भारतमा ८४ लाख २८ हजार ४०९ जना उपचारपछि घर फर्किएका छन् । यसैगरी, अमेरिकामा ७२ लाख ४३ हजार ४८८ जना, ब्राजिलमा ५४ लाख ७ हजार ४९८, रसियामा १५ लाख २६ हजार ६५६ र अर्जेन्टिनामा ११ लाख ६७ हजार ५१४ जना उपचारपछि घर फर्किएका छन् ।


हालसम्ममा कोरोना भाइरसका कारणबाट अमेरिकामा विश्वकै सबैभन्दा बढी संक्रमित देखिएका छन् । अमेरिकामा संक्रमित हुनेको संख्या १ करोड २० लाख ७० हजार ७१२ जना पुगेको छ । त्यस्तै, भारतमा ९० लाख ४ हजार ३६५ जना, ब्राजिलमा ५९ लाख ८३ हजार ८९ जना, फ्रान्समा २० लाख ८६ हजार २८८ जना र रसियामा २० लाख १५ हजार ६०८ जनामा संक्रमण देखिएको छ ।

हालसम्ममा कोरोनाको संक्रमणबाट अमेरिकामा २ लाख ५८ हजार ३३३ जनाको मृत्यु भएको छ । यसैगरी, ब्राजिलमा १ लाख ६८ हजार १४१ जना, भारतमा १ लाख ३२ हजार २०२ जना, मेक्सिकोमा १ लाख १०४ जना र बेलायतमा ५३ हजार ७७५ जनाको मृत्यु भएको छ ।

चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् । तर उक्त संक्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन् ।

कुन देशमा कति जना उपचारपछि घर फर्किए, कति जनामा संक्रमण र कति जनाको मृत्यु भएको छ ? हेर्नुहोस्ः

साभारः https://www.worldometers.info/coronavirus


प्रकाशित मितिः २०७७ साल मंसिर ५ शुक्रबार, १२:२०