काठमाडौंः चीनको वुहानबाट फैलिएको नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट विश्वभर हालसम्म उपचारपछि घर फर्किने संख्या ४ करोड २० लाख ३१ हजार ५७८ जना उपचारपछि घर फर्किएका छन् ।

विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण अहिलेसम्म कुल ६ करोड ७ लाख २० हजार ५०१ जना संक्रमित भएको पुष्टि भएको छ । यस्तै, कोरोना भाइरसबाट १४ लाख २६ हजार ८३४ जनाको मृत्यु भएको छ ।

हालसम्ममा भारतमा ८६ लाख ७९ हजार १३८ जना उपचारपछि घर फर्किएका छन् । यसैगरी, अमेरिकामा ७८ लाख ५ हजार २८० जना, ब्राजिलमा ५५ लाख १२ हजार ८४७, रसियामा १६ लाख ६० हजार ४१९ र अर्जेन्टिनामा १२ लाख १७ हजार २८४ जना उपचारपछि घर फर्किएका छन् ।


हालसम्ममा कोरोना भाइरसका कारणबाट अमेरिकामा विश्वकै सबैभन्दा बढी संक्रमित देखिएका छन् । अमेरिकामा संक्रमित हुनेको संख्या १ करोड ३१ लाख ३७ हजार ९६२ जना पुगेको छ । त्यस्तै, भारतमा ९२ लाख ६६ हजार ७०५ जना, ब्राजिलमा ६१ लाख ६६ हजार ८९८ जना, फ्रान्समा २१ लाख ७० हजार ९७ जना र रसियामा २१ लाख ६२ हजार ५०३ जनामा संक्रमण देखिएको छ ।

हालसम्ममा कोरोनाको संक्रमणबाट अमेरिकामा २ लाख ६८ हजार २१९ जनाको मृत्यु भएको छ । यसैगरी, ब्राजिलमा १ लाख ७० हजार ७९९ जना, भारतमा १ लाख ३५ हजार २६१ जना, मेक्सिकोमा १ लाख ३ हजार ५९७ जना र बेलायतमा ५६ हजार ५३३ जनाको मृत्यु भएको छ ।

चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् । तर उक्त संक्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन् ।

कुन देशमा कति जना उपचारपछि घर फर्किए, कति जनामा संक्रमण र कति जनाको मृत्यु भएको छ ? हेर्नुहोस्ः

साभारः https://www.worldometers.info/coronavirus


प्रकाशित मितिः २०७७ साल मंसिर ११ बिहीबार, १०:५७