काठमाडौंः चीनको वुहानबाट फैलिएको नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट विश्वभर हालसम्म उपचारपछि घर फर्किने संख्या ४ करोड ३५ लाख ४६ हजार १८९ जना उपचारपछि घर फर्किएका छन् ।

विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण यो समाचार तयार पार्दा सम्म कुल ६ करोड ३० लाख ७२ हजार ८५५ जना संक्रमित भएको पुष्टि भएको छ । यस्तै, कोरोना भाइरसबाट १४ लाख ६५ हजार १८६ जनाको मृत्यु भएको छ ।

हालसम्ममा भारतमा ८८ लाख ५७ हजार ६०० जना उपचारपछि घर फर्किएका छन् । यसैगरी, अमेरिकामा ८१ लाख ७ हजार २०३ जना, ब्राजिलमा ५५ लाख ७८ हजार ११८, रसियामा १७ लाख ६१ हजार ४५७ र अर्जेन्टिनामा १२ लाख ४९ हजार ८४३ जना उपचारपछि घर फर्किएका छन् ।


हालसम्ममा कोरोना भाइरसका कारणबाट अमेरिकामा विश्वकै सबैभन्दा बढी संक्रमित देखिएका छन् । अमेरिकामा संक्रमित हुनेको संख्या १ करोड ३७ लाख ५० हजार ४०४ जना पुगेको छ । त्यस्तै, भारतमा ९४ लाख ३२ हजार ७५ जना, ब्राजिलमा ६३ लाख १४ हजार ७४० जना, रसियामा २२ लाख ६९ हजार ३१६ जना र फ्रान्समा २२ लाख १८ हजार ४८३ जनामा संक्रमण देखिएको छ ।

हालसम्ममा कोरोनाको संक्रमणबाट अमेरिकामा २ लाख ७३ हजार ७२ जनाको मृत्यु भएको छ । यसैगरी, ब्राजिलमा १ लाख ७२ हजार ८४८ जना, भारतमा १ लाख ३७ हजार १७७ जना, मेक्सिकोमा १ लाख ५ हजार ६५५ जना र बेलायतमा ५८ हजार २४५ जनाको मृत्यु भएको छ ।

चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् । तर उक्त संक्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन् ।

कुन देशमा कति जना उपचारपछि घर फर्किए, कति जनामा संक्रमण र कति जनाको मृत्यु भएको छ ? हेर्नुहोस्ः

साभारः https://www.worldometers.info/coronavirus


प्रकाशित मितिः २०७७ साल मंसिर १५ सोमबार, ११:१२