काठमाडौंः चीनको वुहानबाट फैलिएको नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट विश्वभर हालसम्म उपचारपछि घर फर्किने संख्या ५३ लाख ५७ हजार ८४० जना उपचारपछि घर फर्किएका छन् ।

विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण अहिलेसम्म कुल ९९ लाख ४ हजार ९६३ जना संक्रमित भएको पुष्टि भएको छ । यस्तै, कोरोना भाइरसबाट ४ लाख ९६ हजार ८६६ जनाको मृत्यु भएको छ ।

हालसम्ममा अमेरिकामा १० लाख ६८ हजार ७०३ जना उपचारपछि घर फर्किएका छन् । यसैगरी, ब्राजिलमा ६ लाख ९७ हजार ५२६ जना, रसियामा ३ लाख ८४ हजार १५२, भारतमा २ लाख ९५ हजार ९१७ र चिलीमा २ लाख २३ हजार ४३१ जना उपचारपछि घर फर्किएका छन् ।


हालसम्ममा कोरोना भाइरसका कारणबाट अमेरिकामा विश्वकै सबैभन्दा बढी संक्रमित देखिएका छन् । अमेरिकामा संक्रमित हुनेको संख्या २५ लाख ५२ हजार ९५६ जना पुगेको छ । अमेरिकापछि ब्राजिलमा बढि संक्रमित देखिएको छ । अहिलेसम्म ब्राजिलमा १२ लाख ८० हजार ५४ जना, रसियामा ६ लाख २० हजार ७९४ जना, भारतमा ५ लाख ९ हजार ४४६ जना र बेलायतमा ३ लाख ९ हजार ३६० जनामा संक्रमण देखिएको छ ।

चीनको वुहानबाट सुरु भएको कोरोनाको संक्रमणबाट अमेरिकामा १ लाख २७ हजार ६४० जनाको मृत्यु भएको छ । यसैगरी, ब्राजिलमा ५६ हजार १०९ जना, बेलायतमा ४३ हजार ४१४ जना, इटालीमा ३४ हजार ७०८ जना र फ्रान्समा २९ हजार ७७८ जनाको मृत्यु भएको छ ।

चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् । तर उक्त संक्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन् ।

कुन देशमा कति जना उपचारपछि घर फर्किए, कति जनामा संक्रमण र कति जनाको मृत्यु भएको छ ? हेर्नुहोस्ः

साभारः https://www.worldometers.info/coronavirus


प्रकाशित मितिः शनिबार, असार १३, २०७७, ०८:५०