काठमाडौंः चीनको वुहानबाट फैलिएको नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट विश्वभर हालसम्म मृत्यु हुनेको संख्या ११ लाख ४२ हजार ७३१ जनाको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण अहिलेसम्म कुल ४ करोड १९ लाख ९२ हजार १३ जना संक्रमित भएको पुष्टि भएको छ । यस्तै, कोरोना भाइरस संक्रमित मध्ये ३ करोड ११ लाख ८४ हजार ४३६ जना उपचारपछि घर फर्किएका छन् ।

हालसम्ममा कोरोनाको संक्रमणबाट अमेरिकामा २ लाख २८ हजार ३८१ जनाको मृत्यु भएको छ । यसैगरी, ब्राजिलमा १ लाख ५५ हजार ९६२ जना, भारतमा १ लाख १७ हजार ३३६ जना, मेक्सिकोमा ८७ हजार ८९४ जना र बेलायतमा ४४ हजार ३४७ जनाको मृत्यु भएको छ ।


कोरोना भाइरसका कारणबाट अमेरिकामा विश्वकै सबैभन्दा बढी संक्रमित देखिएका छन् । अमेरिकामा संक्रमित हुनेको संख्या ८६ लाख ६१ हजार ६५१ जना पुगेको छ । अमेरिकापछि भारतमा बढि संक्रमित देखिएको छ । अहिलेसम्म भारतमा ७७ लाख ५९ हजार ६४० जना, ब्राजिलमा ५३ लाख ३२ हजार ६३४ जना, रसियामा १४ लाख ६३ हजार ३०६ जना र स्पेनमा १० लाख ९० हजार ५२१ जनामा संक्रमण देखिएको छ ।

हालसम्ममा भारतमा ६९ लाख ४६ हजार ३२५ जना उपचारपछि घर फर्किएका छन् । यसैगरी, अमेरिकामा ५६ लाख ५५ हजार ३०१ जना, ब्राजिलमा ४७ लाख ८५ हजार २९७, रसियामा ११ लाख ७ हजार ९८८ र कम्बोडियामा ८ लाख ९३ हजार ७१२ जना उपचारपछि घर फर्किएका छन् ।

चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् । तर उक्त संक्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन् ।

कुन देशमा कति जना उपचारपछि घर फर्किए, कति जनामा संक्रमण र कति जनाको मृत्यु भएको छ ? हेर्नुहोस्ः

साभारः https://www.worldometers.info/coronavirus


प्रकाशित मितिः २०७७ साल कार्तिक ७ शुक्रबार, ०८:५१