काठमाडौंः चीनको वुहानबाट फैलिएको नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट विश्वभर हालसम्म मृत्यु हुनेको संख्या ११ लाख ५८ हजार ८०७ जनाको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण अहिलेसम्म कुल ४ करोड ३३ लाख २३ हजार ३८३ जना संक्रमित भएको पुष्टि भएको छ । यस्तै, कोरोना भाइरस संक्रमित मध्ये ३ करोड १८ लाख ९६ हजार ६७३ जना उपचारपछि घर फर्किएका छन् ।

हालसम्ममा कोरोनाको संक्रमणबाट अमेरिकामा २ लाख ३० हजार ५१० जनाको मृत्यु भएको छ । यसैगरी, ब्राजिलमा १ लाख ५७ हजार १६३ जना, भारतमा १ लाख १९ हजार ३० जना, मेक्सिकोमा ८८ हजार ७४३ जना र बेलायतमा ४४ हजार ८९६ जनाको मृत्यु भएको छ ।


कोरोना भाइरसका कारणबाट अमेरिकामा विश्वकै सबैभन्दा बढी संक्रमित देखिएका छन् । अमेरिकामा संक्रमित हुनेको संख्या ८८ लाख ८९ हजार १७९ जना पुगेको छ । अमेरिकापछि भारतमा बढि संक्रमित देखिएको छ । अहिलेसम्म भारतमा ७९ लाख ९ हजार ४९ जना, ब्राजिलमा ५३ लाख ९४ हजार १२८ जना, रसियामा १५ लाख १३ हजार ८७७ जना र फ्रान्समा ११ लाख ३८ हजार ५०७ जनामा संक्रमण देखिएको छ ।

हालसम्ममा भारतमा ७१ लाख ३३ हजार ९९३ जना उपचारपछि घर फर्किएका छन् । यसैगरी, अमेरिकामा ५७ लाख ७२ हजार ९८ जना, ब्राजिलमा ४८ लाख ३५ हजार ९१५, रसियामा ११ लाख ३८ हजार ५२२ र कम्बोडियामा ९ लाख १५ हजार ४५१ जना उपचारपछि घर फर्किएका छन् ।

चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् । तर उक्त संक्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन् ।

कुन देशमा कति जना उपचारपछि घर फर्किए, कति जनामा संक्रमण र कति जनाको मृत्यु भएको छ ? हेर्नुहोस्ः

साभारः https://www.worldometers.info/coronavirus


प्रकाशित मितिः २०७७ साल कार्तिक १० सोमबार, ०६:४४