काठमाडौंः चीनको वुहानबाट फैलिएको नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट विश्वभर हालसम्म मृत्यु हुनेको संख्या १२ लाख ८९ हजार ७४७ जनाको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण अहिलेसम्म कुल ५ करोड २४ लाख ४० हजार ७९८ जना संक्रमित भएको पुष्टि भएको छ । यस्तै, कोरोना भाइरस संक्रमित मध्ये ३ करोड ६६ लाख ७६ हजार ९०२ जना उपचारपछि घर फर्किएका छन् ।

हालसम्ममा कोरोनाको संक्रमणबाट अमेरिकामा २ लाख ४७ हजार ३९७ जनाको मृत्यु भएको छ । यसैगरी, ब्राजिलमा १ लाख ६३ हजार ४०६ जना, भारतमा १ लाख २८ हजार १६५ जना, मेक्सिकोमा ९६ हजार ४३० जना र बेलायतमा ५० हजार ३६५ जनाको मृत्यु भएको छ ।


हालसम्ममा कोरोना भाइरसका कारणबाट अमेरिकामा विश्वकै सबैभन्दा बढी संक्रमित देखिएका छन् । अमेरिकामा संक्रमित हुनेको संख्या १ करोड ७ लाख ८ हजार ६३० जना पुगेको छ । त्यस्तै, भारतमा ८६ लाख ८४ हजार ३९ जना, ब्राजिलमा ५७ लाख ४९ हजार ७ जना, फ्रान्समा १८ लाख ६५ हजार ५३८ जना र रसियामा १८ लाख ३६ हजार ९६० जनामा संक्रमण देखिएको छ ।

हालसम्ममा भारतमा ८० लाख ६४ हजार ५४८ जना उपचारपछि घर फर्किएका छन् । यसैगरी, अमेरिकामा ६६ लाख ४८ हजार ६७९ जना, ब्राजिलमा ५० लाख ६४ हजार ३४४, रसियामा १३ लाख ६९ हजार ३५७ र अर्जेन्टिनामा १० लाख ८१ हजार ८९७ जना उपचारपछि घर फर्किएका छन् ।

चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् । तर उक्त संक्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन् ।

कुन देशमा कति जना उपचारपछि घर फर्किए, कति जनामा संक्रमण र कति जनाको मृत्यु भएको छ ? हेर्नुहोस्ः

साभारः https://www.worldometers.info/coronavirus


प्रकाशित मितिः २०७७ साल कार्तिक २७ बिहीबार, ११:०२