काठमाडौंः चीनको वुहानबाट फैलिएको नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट विश्वभर हालसम्म मृत्यु हुनेको संख्या १३ लाख ३२ हजार ८० जनाको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण अहिलेसम्म कुल ५ करोड ५३ लाख ४४ हजार ६६० जना संक्रमित भएको पुष्टि भएको छ । यस्तै, कोरोना भाइरस संक्रमित मध्ये ३ करोड ८४ लाख ८९ हजार ५१९ जना उपचारपछि घर फर्किएका छन् ।

हालसम्ममा कोरोनाको संक्रमणबाट अमेरिकामा २ लाख ५२ हजार ६५१ जनाको मृत्यु भएको छ । यसैगरी, ब्राजिलमा १ लाख ६६ हजार ६७ जना, भारतमा १ लाख ३० हजार ५५९ जना, मेक्सिकोमा ९८ हजार ८६१ जना र बेलायतमा ५२ हजार १४७ जनाको मृत्यु भएको छ ।


हालसम्ममा कोरोना भाइरसका कारणबाट अमेरिकामा विश्वकै सबैभन्दा बढी संक्रमित देखिएका छन् । अमेरिकामा संक्रमित हुनेको संख्या १ करोड १५ लाख ३८ हजार ५७ जना पुगेको छ । त्यस्तै, भारतमा ८८ लाख ७४ हजार १७२ जना, ब्राजिलमा ५८ लाख ७६ हजार ७४० जना, फ्रान्समा १९ लाख ९१ हजार २३३ जना र रसियामा १९ लाख ४८ हजार ६०३ जनामा संक्रमण देखिएको छ ।

हालसम्ममा भारतमा ८२ लाख ८८ हजार १६९ जना उपचारपछि घर फर्किएका छन् । यसैगरी, अमेरिकामा ७० लाख १९ हजार ३०४ जना, ब्राजिलमा ५३ लाख २२ हजार ४०६, रसियामा १४ लाख ५३ हजार ८४९ र अर्जेन्टिनामा ११ लाख ४० हजार १९६ जना उपचारपछि घर फर्किएका छन् ।

चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् । तर उक्त संक्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन् ।

कुन देशमा कति जना उपचारपछि घर फर्किए, कति जनामा संक्रमण र कति जनाको मृत्यु भएको छ ? हेर्नुहोस्ः

साभारः https://www.worldometers.info/coronavirus


प्रकाशित मितिः २०७७ साल मंसिर २ मंगलबार, ०८:३७