काठमाडौंः चीनको वुहानबाट फैलिएको नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट विश्वभर हालसम्म मृत्यु हुनेको संख्या १३ लाख ७७ हजार ७४५ जनाको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण अहिलेसम्म कुल ५ करोड ७९ लाख ९ हजार ९९१ जना संक्रमित भएको पुष्टि भएको छ । यस्तै, कोरोना भाइरस संक्रमित मध्ये ४ करोड १ लाख ८ हजार २५९ जना उपचारपछि घर फर्किएका छन् ।

हालसम्ममा कोरोनाको संक्रमणबाट अमेरिकामा २ लाख ६० हजार २८३ जनाको मृत्यु भएको छ । यसैगरी, ब्राजिलमा १ लाख ६८ हजार ६६२ जना, भारतमा १ लाख ३२ हजार ७६४ जना, मेक्सिकोमा १ लाख ८२३ जना र बेलायतमा ५४ हजार २८६ जनाको मृत्यु भएको छ ।


हालसम्ममा कोरोना भाइरसका कारणबाट अमेरिकामा विश्वकै सबैभन्दा बढी संक्रमित देखिएका छन् । अमेरिकामा संक्रमित हुनेको संख्या १ करोड २२ लाख ७४ हजार ७२६ जना पुगेको छ । त्यस्तै, भारतमा ९० लाख ५० हजार ६१३ जना, ब्राजिलमा ६० लाख २० हजार १६४ जना, फ्रान्समा २१ लाख ९ हजार १७० जना र रसियामा २० लाख ३९ हजार ९२६ जनामा संक्रमण देखिएको छ ।

हालसम्ममा भारतमा ८४ लाख ७८ हजार १२४ जना उपचारपछि घर फर्किएका छन् । यसैगरी, अमेरिकामा ७३ लाख १६ हजार ३२३ जना, ब्राजिलमा ५४ लाख २२ हजार १०२, रसियामा १५ लाख ५१ हजार ४१४ र अर्जेन्टिनामा ११ लाख ७७ हजार ८१९ जना उपचारपछि घर फर्किएका छन् ।

चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् । तर उक्त संक्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन् ।

कुन देशमा कति जना उपचारपछि घर फर्किए, कति जनामा संक्रमण र कति जनाको मृत्यु भएको छ ? हेर्नुहोस्ः

साभारः https://www.worldometers.info/coronavirus


प्रकाशित मितिः २०७७ साल मंसिर ६ शनिबार, ११:१०