काठमाडौंः चीनको वुहानबाट फैलिएको नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट विश्वभर हालसम्म मृत्यु हुनेको संख्या १४ लाख ३७ हजार ८३५ जनाको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण अहिलेसम्म कुल ६ करोड १३ लाख ८ हजार १६१ जना संक्रमित भएको पुष्टि भएको छ । यस्तै, कोरोना भाइरस संक्रमित मध्ये ४ करोड २३ लाख ९६ हजार १६९ जना उपचारपछि घर फर्किएका छन् ।

हालसम्ममा कोरोनाको संक्रमणबाट अमेरिकामा २ लाख ६९ हजार ५५५ जनाको मृत्यु भएको छ । यसैगरी, ब्राजिलमा १ लाख ७१ हजार ४९७ जना, भारतमा १ लाख ३५ हजार ७५२ जना, मेक्सिकोमा १ लाख ४ हजार २४२ जना र बेलायतमा ५७ हजार ३१ जनाको मृत्यु भएको छ ।


हालसम्ममा कोरोना भाइरसका कारणबाट अमेरिकामा विश्वकै सबैभन्दा बढी संक्रमित देखिएका छन् । अमेरिकामा संक्रमित हुनेको संख्या १ करोड ३२ लाख ४८ हजार ६७६ जना पुगेको छ । त्यस्तै, भारतमा ९३ लाख ९ हजार ८७१ जना, ब्राजिलमा ६२ लाख ४ हजार ५७० जना, रसियामा २१ लाख ८७ हजार ९९० जना र फ्रान्समा २१ लाख ८३ हजार ६६० जनामा संक्रमण देखिएको छ ।

हालसम्ममा भारतमा ८७ लाख १८ हजार ५१७ जना उपचारपछि घर फर्किएका छन् । यसैगरी, अमेरिकामा ७८ लाख ४६ हजार ८७२ जना, ब्राजिलमा ५५ लाख २८ हजार ५९९, रसियामा १६ लाख ८५ हजार ४९२ र अर्जेन्टिनामा १२ लाख २६ हजार ६६२ जना उपचारपछि घर फर्किएका छन् ।

चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् । तर उक्त संक्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन् ।

कुन देशमा कति जना उपचारपछि घर फर्किए, कति जनामा संक्रमण र कति जनाको मृत्यु भएको छ ? हेर्नुहोस्ः

साभारः https://www.worldometers.info/coronavirus


प्रकाशित मितिः २०७७ साल मंसिर १२ शुक्रबार, १०:१०