काठमाडौंः चीनको वुहानबाट फैलिएको नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट विश्वभर हालसम्म मृत्यु हुनेको संख्या १४ लाख ७३ हजार ७४६ जनाको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण यो समाचार तयार पार्दा सम्म कुल ६ करोड ३५ लाख ८४ हजार ८७० जना संक्रमित भएको पुष्टि भएको छ । यस्तै, कोरोना भाइरस संक्रमित मध्ये ४ करोड ३९ लाख ८० हजार ३२७ जना उपचारपछि घर फर्किएका छन् ।

हालसम्ममा कोरोनाको संक्रमणबाट अमेरिकामा २ लाख ७४ हजार ३३२ जनाको मृत्यु भएको छ । यसैगरी, ब्राजिलमा १ लाख ७३ हजार १६५ जना, भारतमा १ लाख ३७ हजार ६५९ जना, मेक्सिकोमा १ लाख ५ हजार ९४० जना र बेलायतमा ५८ हजार ४४८ जनाको मृत्यु भएको छ ।


हालसम्ममा कोरोना भाइरसका कारणबाट अमेरिकामा विश्वकै सबैभन्दा बढी संक्रमित देखिएका छन् । अमेरिकामा संक्रमित हुनेको संख्या १ करोड ३९ लाख १९ हजार ८७० जना पुगेको छ । त्यस्तै, भारतमा ९४ लाख ६३ हजार २५४ जना, ब्राजिलमा ६३ लाख ३६ हजार २७८ जना, रसियामा २२ लाख ९५ हजार ६५४ जना र फ्रान्समा २२ लाख २२ हजार ४८८ जनामा संक्रमण देखिएको छ ।

हालसम्ममा भारतमा ८८ लाख ८८ हजार ५९५ जना उपचारपछि घर फर्किएका छन् । यसैगरी, अमेरिकामा ८२ लाख २२ हजार ८७९ जना, ब्राजिलमा ५६ लाख १ हजार ८०४, रसियामा १७ लाख ७८ हजार ७०४ र अर्जेन्टिनामा १२ लाख ५७ हजार २२७ जना उपचारपछि घर फर्किएका छन् ।

चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् । तर उक्त संक्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन् ।

कुन देशमा कति जना उपचारपछि घर फर्किए, कति जनामा संक्रमण र कति जनाको मृत्यु भएको छ ? हेर्नुहोस्ः

साभारः https://www.worldometers.info/coronavirus


प्रकाशित मितिः २०७७ साल मंसिर १६ मंगलबार, ०८:२८