काठमाडौंः चीनको वुहानबाट फैलिएको नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट संक्रमित हुनेको संख्या १ करोड २ लाख ३८ हजार १९९ जनामा संक्रमित भएको पुष्टि भएको छ ।

विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण हालसम्म कोरोना भाइरसबाट ५ लाख ४ हजार ७८ जनाको मृत्यु भएको छ । यस्तै, उपचारपछि घर फर्किने संख्या ५५ लाख ४९ हजार ७२९ जना पुगेको छ ।

हालसम्ममा कोरोना भाइरसका कारणबाट अमेरिकामा विश्वकै सबैभन्दा बढी संक्रमित देखिएका छन् । अमेरिकामा संक्रमित हुनेको संख्या २६ लाख ३७ हजार ३९ जना पुगेको छ । अमेरिकापछि ब्राजिलमा बढि संक्रमित देखिएको छ ।


। अहिलेसम्म ब्राजिलमा १३ लाख ४५ हजार २५४ जना, रसियामा ६ लाख ३४ हजार ४३७ जना, भारतमा ५ लाख ४९ हजार १९७ जना र बेलायतमा ३ लाख ११ हजार १५१ जनामा संक्रमण देखिएको छ ।

चीनको वुहानबाट सुरु भएको कोरोनाको संक्रमणबाट अमेरिकामा १ लाख २८ हजार ४३७ जनाको मृत्यु भएको छ । यसैगरी, ब्राजिलमा ५७ हजार ६५८ जना, बेलायतमा ४३ हजार ५५० जना, इटालीमा ३४ हजार ७३८ जना र फ्रान्समा २९ हजार ७७८ जनाको मृत्यु भएको छ ।

हालसम्ममा अमेरिकामा १० लाख ९३ हजार २२७ जना उपचारपछि घर फर्किएका छन् । यसैगरी, ब्राजिलमा ७ लाख ३३ हजार ८४८ जना, रसियामा ३ लाख ९९ हजार ८७, भारतमा ३ लाख २१ हजार ७७४ र चिलीमा २ लाख ३२ हजार २१० जना उपचारपछि घर फर्किएका छन् ।

चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् । तर उक्त संक्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन् ।

कुन देशमा कति जना उपचारपछि घर फर्किए, कति जनामा संक्रमण र कति जनाको मृत्यु भएको छ ? हेर्नुहोस्ः

साभारः https://www.worldometers.info/coronavirus


प्रकाशित मितिः सोमबार, असार १५, २०७७, ०६:३२