काठमाडौंः चीनको वुहानबाट फैलिएको नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट संक्रमित हुनेको संख्या ४ करोड १४ लाख ८४ हजार ६३२ जनामा संक्रमित भएको पुष्टि भएको छ ।

विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण हालसम्म कोरोना भाइरसबाट ११ लाख ३६ हजार ३३५ जनाको मृत्यु भएको छ । यस्तै, उपचारपछि घर फर्किने संख्या ३ करोड ९ लाख १० हजार ८७५ जना पुगेको छ ।

हालसम्ममा कोरोना भाइरसका कारणबाट अमेरिकामा विश्वकै सबैभन्दा बढी संक्रमित देखिएका छन् । अमेरिकामा संक्रमित हुनेको संख्या ८५ लाख ८४ हजार ८१९ जना पुगेको छ । अमेरिकापछि भारतमा बढि संक्रमित देखिएको छ ।


। अहिलेसम्म भारतमा ७७ लाख ५ हजार ५८१ जना, ब्राजिलमा ५३ लाख ६४९ जना, रसियामा १४ लाख ४७ हजार ३३५ जना र स्पेनमा १० लाख ४६ हजार ६४१ जनामा संक्रमण देखिएको छ ।

कोरोनाको संक्रमणबाट अमेरिकामा २ लाख २७ हजार ४०९ जनाको मृत्यु भएको छ । यसैगरी, ब्राजिलमा १ लाख ५५ हजार ४५९ जना, भारतमा १ लाख १६ हजार ६५३ जना, मेक्सिकोमा ८७ हजार ४१५ जना र बेलायतमा ४४ हजार १५८ जनाको मृत्यु भएको छ ।

हालसम्ममा भारतमा ६८ लाख ७१ हजार ८९५ जना उपचारपछि घर फर्किएका छन् । यसैगरी, अमेरिकामा ५६ लाख २ हजार ११६ जना, ब्राजिलमा ४७ लाख ५६ हजार ४८९, रसियामा १० लाख ९६ हजार ५६० र कम्बोडियामा ८ लाख ८४ हजार ८९५ जना उपचारपछि घर फर्किएका छन् ।

चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् । तर उक्त संक्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन् ।

कुन देशमा कति जना उपचारपछि घर फर्किए, कति जनामा संक्रमण र कति जनाको मृत्यु भएको छ ? हेर्नुहोस्ः

साभारः https://www.worldometers.info/coronavirus


प्रकाशित मितिः २०७७ साल कार्तिक ६ बिहीबार, ०९:०१