काठमाडौंः चीनको वुहानबाट फैलिएको नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट संक्रमित हुनेको संख्या ४ करोड २९ लाख २४ हजार ६८५ जनामा संक्रमित भएको पुष्टि भएको छ ।

विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण हालसम्म कोरोना भाइरसबाट ११ लाख ५४ हजार ७६१ जनाको मृत्यु भएको छ । यस्तै, उपचारपछि घर फर्किने संख्या ३ करोड १६ लाख ६६ हजार ७३५ जना पुगेको छ ।

हालसम्ममा कोरोना भाइरसका कारणबाट अमेरिकामा विश्वकै सबैभन्दा बढी संक्रमित देखिएका छन् । अमेरिकामा संक्रमित हुनेको संख्या ८८ लाख २७ हजार ९३२ जना पुगेको छ । अमेरिकापछि भारतमा बढि संक्रमित देखिएको छ ।


। अहिलेसम्म भारतमा ७८ लाख ६३ हजार ८९२ जना, ब्राजिलमा ५३ लाख ८१ हजार २२४ जना, रसियामा १४ लाख ९७ हजार १६७ जना र स्पेनमा ११ लाख १० हजार ३७२ जनामा संक्रमण देखिएको छ ।

कोरोनाको संक्रमणबाट अमेरिकामा २ लाख ३० हजार ६८ जनाको मृत्यु भएको छ । यसैगरी, ब्राजिलमा १ लाख ५६ हजार ९२६ जना, भारतमा १ लाख १८ हजार ५६७ जना, मेक्सिकोमा ८८ हजार ७४३ जना र बेलायतमा ४४ हजार ७४५ जनाको मृत्यु भएको छ ।

हालसम्ममा भारतमा ७० लाख ७५ हजार ७२३ जना उपचारपछि घर फर्किएका छन् । यसैगरी, अमेरिकामा ५७ लाख ४१ हजार ६११ जना, ब्राजिलमा ४८ लाख १७ हजार ८९८, रसियामा ११ लाख ३० हजार ८१८ र कम्बोडियामा ९ लाख ७ हजार ३७९ जना उपचारपछि घर फर्किएका छन् ।

चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् । तर उक्त संक्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन् ।

कुन देशमा कति जना उपचारपछि घर फर्किए, कति जनामा संक्रमण र कति जनाको मृत्यु भएको छ ? हेर्नुहोस्ः

साभारः https://www.worldometers.info/coronavirus

 


प्रकाशित मितिः २०७७ साल कार्तिक ९ आइतबार, ०८:३८