काठमाडौंः चीनको वुहानबाट फैलिएको नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट संक्रमित हुनेको संख्या ४ करोड ४२ लाख ५२ हजार ६७७ जनामा संक्रमित भएको पुष्टि भएको छ ।

विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण हालसम्म कोरोना भाइरसबाट ११ लाख ७१ हजार ४७९ जनाको मृत्यु भएको छ । यस्तै, उपचारपछि घर फर्किने संख्या ३ करोड २४ लाख ४७ हजार ५०५ जना पुगेको छ ।

हालसम्ममा कोरोना भाइरसका कारणबाट अमेरिकामा विश्वकै सबैभन्दा बढी संक्रमित देखिएका छन् । अमेरिकामा संक्रमित हुनेको संख्या ९० लाख ३८ हजार ३० जना पुगेको छ । त्यस्तै, भारतमा ७९ लाख ९० हजार ३२२ जना, ब्राजिलमा ५४ लाख ४० हजार ९०३ जना, रसियामा १५ लाख ४७ हजार ७७४ जना र फ्रान्समा ११ लाख ९८ हजार ६९५ जनामा संक्रमण देखिएको छ ।


यसैगरी, कोरोनाको संक्रमणबाट अमेरिकामा २ लाख ३२ हजार ८४ जनाको मृत्यु भएको छ । यसैगरी, ब्राजिलमा १ लाख ५७ हजार ९८१ जना, भारतमा १ लाख २० हजार ५४ जना, मेक्सिकोमा ८९ हजार १७१ जना र बेलायतमा ४५ हजार ३६५ जनाको मृत्यु भएको छ ।

हालसम्ममा भारतमा ७२ लाख ५९ हजार ५०९ जना उपचारपछि घर फर्किएका छन् । यसैगरी, अमेरिकामा ५८ लाख ७७ हजार ९६४ जना, ब्राजिलमा ४९ लाख ४ हजार ४६, रसियामा ११ लाख ५८ हजार ९४० र कम्बोडियामा ९ लाख ३२ हजार ८८२ जना उपचारपछि घर फर्किएका छन् ।

चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् । तर उक्त संक्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन् ।

कुन देशमा कति जना उपचारपछि घर फर्किए, कति जनामा संक्रमण र कति जनाको मृत्यु भएको छ ? हेर्नुहोस्ः

साभारः https://www.worldometers.info/coronavirus


प्रकाशित मितिः २०७७ साल कार्तिक १२ बुधबार, ११:२७