काठमाडौंः चीनको वुहानबाट फैलिएको नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट विश्वमा संक्रमित हुनेको संख्या ५ करोड १२ लाख ४४ हजार २९१ जनामा संक्रमित भएको पुष्टि भएको छ ।

विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण हालसम्म कोरोना भाइरसबाट १२ लाख ६९ हजार ३२१ जनाको मृत्यु भएको छ । यस्तै, उपचारपछि घर फर्किने संख्या ३ करोड ६० लाख ५५ हजार ३०८ जना पुगेको छ ।

हालसम्ममा कोरोना भाइरसका कारणबाट अमेरिकामा विश्वकै सबैभन्दा बढी संक्रमित देखिएका छन् । अमेरिकामा संक्रमित हुनेको संख्या १ करोड ४ लाख २१ हजार ९५६ जना पुगेको छ । त्यस्तै, भारतमा ८५ लाख ९१ हजार ७३० जना, ब्राजिलमा ५६ लाख ७५ हजार ७६६ जना, फ्रान्समा १८ लाख ७ हजार ४७९ जना र रसियामा १७ लाख ९६ हजार १३२ जनामा संक्रमण देखिएको छ ।


यसैगरी, कोरोनाको संक्रमणबाट अमेरिकामा २ लाख ४४ हजार ४४८ जनाको मृत्यु भएको छ । यसैगरी, ब्राजिलमा १ लाख ६२ हजार ६३८ जना, भारतमा १ लाख २७ हजार १०४ जना, मेक्सिकोमा ९५ हजार २२५ जना र बेलायतमा ४९ हजार २३८ जनाको मृत्यु भएको छ ।

हालसम्ममा भारतमा ७९ लाख ५९ हजार ४०६ जना उपचारपछि घर फर्किएका छन् । यसैगरी, अमेरिकामा ६५ लाख ५२ हजार ६१० जना, ब्राजिलमा ५० लाख ६४ हजार ३४४, रसियामा १३ लाख ३५ हजार १४१ र अर्जेन्टिनामा १० लाख ७३ हजार ५७७ जना उपचारपछि घर फर्किएका छन् ।

चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् । तर उक्त संक्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन् ।

कुन देशमा कति जना उपचारपछि घर फर्किए, कति जनामा संक्रमण र कति जनाको मृत्यु भएको छ ? हेर्नुहोस्ः

साभारः https://www.worldometers.info/coronavirus


प्रकाशित मितिः २०७७ साल कार्तिक २५ मंगलबार, ११:१०