काठमाडौंः चीनको वुहानबाट फैलिएको नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट विश्वमा संक्रमित हुनेको संख्या ५ करोड ४३ लाख २८ हजार ७५२ जनामा संक्रमित भएको पुष्टि भएको छ ।

विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण हालसम्म कोरोना भाइरसबाट १३ लाख १८ हजार २७८ जनाको मृत्यु भएको छ । यस्तै, उपचारपछि घर फर्किने संख्या ३ करोड ७८ लाख ६९ हजार ९६ जना पुगेको छ ।

हालसम्ममा कोरोना भाइरसका कारणबाट अमेरिकामा विश्वकै सबैभन्दा बढी संक्रमित देखिएका छन् । अमेरिकामा संक्रमित हुनेको संख्या १ करोड १२ लाख २६ हजार ३८ जना पुगेको छ । त्यस्तै, भारतमा ८८ लाख १४ हजार ९०२ जना, ब्राजिलमा ५८ लाख ४८ हजार ९५८ जना, फ्रान्समा १९ लाख ५४ हजार ५९९ जना र रसियामा १९ लाख ३ हजार २५३ जनामा संक्रमण देखिएको छ ।


यसैगरी, कोरोनाको संक्रमणबाट अमेरिकामा २ लाख ५१ हजार २५६ जनाको मृत्यु भएको छ । यसैगरी, ब्राजिलमा १ लाख ६५ हजार ६७३ जना, भारतमा १ लाख २९ हजार ६७४ जना, मेक्सिकोमा ९८ हजार २५८ जना र बेलायतमा ५१ हजार ७६६ जनाको मृत्यु भएको छ ।

हालसम्ममा भारतमा ८२ लाख ३ हजार ७३७ जना उपचारपछि घर फर्किएका छन् । यसैगरी, अमेरिकामा ६८ लाख ९१ हजार १५ जना, ब्राजिलमा ५२ लाख ९१ हजार ५११, रसियामा १४ लाख २५ हजार ५२९ र अर्जेन्टिनामा ११ लाख १९ हजार ३६६ जना उपचारपछि घर फर्किएका छन् ।

चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् । तर उक्त संक्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन् ।

कुन देशमा कति जना उपचारपछि घर फर्किए, कति जनामा संक्रमण र कति जनाको मृत्यु भएको छ ? हेर्नुहोस्ः

साभारः https://www.worldometers.info/coronavirus


प्रकाशित मितिः २०७७ साल कार्तिक ३० आइतबार, १०:४६