काठमाडौंः चीनको वुहानबाट फैलिएको नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट विश्वभर संक्रमित हुनेको संख्या ५ करोड ६५ लाख ६४ हजार ३३९ जनामा संक्रमित भएको पुष्टि भएको छ ।

विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण हालसम्म कोरोना भाइरसबाट १३ लाख ५४ हजार ८१३ जनाको मृत्यु भएको छ । यस्तै, उपचारपछि घर फर्किने संख्या ३ करोड ९३ लाख ५२ हजार ८५८ जना पुगेको छ ।

हालसम्ममा कोरोना भाइरसका कारणबाट अमेरिकामा विश्वकै सबैभन्दा बढी संक्रमित देखिएका छन् । अमेरिकामा संक्रमित हुनेको संख्या १ करोड १८ लाख ७३ हजार ७२७ जना पुगेको छ । त्यस्तै, भारतमा ८९ लाख ५८ हजार ४८३ जना, ब्राजिलमा ५९ लाख ४७ हजार ४०३ जना, फ्रान्समा २० लाख ६५ हजार १३८ जना र रसियामा १९ लाख ९१ हजार ९९८ जनामा संक्रमण देखिएको छ ।


यसैगरी, कोरोनाको संक्रमणबाट अमेरिकामा २ लाख ५६ हजार २५४ जनाको मृत्यु भएको छ । यसैगरी, ब्राजिलमा १ लाख ६७ हजार ४९७ जना, भारतमा १ लाख ३१ हजार ६१८ जना, मेक्सिकोमा ९९ हजार ५२८ जना र बेलायतमा ५३ हजार २७४ जनाको मृत्यु भएको छ ।

हालसम्ममा भारतमा ८३ लाख ८३ हजार ६०२ जना उपचारपछि घर फर्किएका छन् । यसैगरी, अमेरिकामा ७१ लाख ६६ हजार ९९६ जना, ब्राजिलमा ५३ लाख ८९ हजार ८६३, रसियामा १५ लाख १ हजार ८३ र अर्जेन्टिनामा ११ लाख ५६ हजार ४७४ जना उपचारपछि घर फर्किएका छन् ।

चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् । तर उक्त संक्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन् ।

कुन देशमा कति जना उपचारपछि घर फर्किए, कति जनामा संक्रमण र कति जनाको मृत्यु भएको छ ? हेर्नुहोस्ः

साभारः https://www.worldometers.info/coronavirus


प्रकाशित मितिः २०७७ साल मंसिर ४ बिहीबार, ११:५२