काठमाडौंः चीनको वुहानबाट फैलिएको नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट विश्वभर संक्रमित हुनेको संख्या ६ करोड १ लाख २३ हजार ६३८ जनामा संक्रमित भएको पुष्टि भएको छ ।

विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण समाचार तयार गर्दासम्म कोरोना भाइरसबाट १४ लाख १५ हजार १९२ जनाको मृत्यु भएको छ । यस्तै, उपचारपछि घर फर्किने संख्या ४ करोड १५ लाख ६७ हजार २८६ जना पुगेको छ ।

हालसम्ममा कोरोना भाइरसका कारणबाट अमेरिकामा विश्वकै सबैभन्दा बढी संक्रमित देखिएका छन् । अमेरिकामा संक्रमित हुनेको संख्या १ करोड २९ लाख ५६ हजार ७८३ जना पुगेको छ ।


। त्यस्तै, भारतमा ९२ लाख २२ हजार २१६ जना, ब्राजिलमा ६१ लाख २१ हजार ४४९ जना, फ्रान्समा २१ लाख ५३ हजार ८१५ जना र रसियामा २१ लाख ३८ हजार ८२८ जनामा संक्रमण देखिएको छ ।

यसैगरी, कोरोनाको संक्रमणबाट अमेरिकामा २ लाख ६५ हजार ९४३ जनाको मृत्यु भएको छ । यसैगरी, ब्राजिलमा १ लाख ७० हजार १७९ जना, भारतमा १ लाख ३४ हजार ७४३ जना, मेक्सिकोमा १ लाख २ हजार ७३९ जना र बेलायतमा ५५ हजार ८३८ जनाको मृत्यु भएको छ ।

हालसम्ममा भारतमा ८६ लाख ४२ हजार ७७१ जना उपचारपछि घर फर्किएका छन् । यसैगरी, अमेरिकामा ७६ लाख ३९ हजार ८४ जना, ब्राजिलमा ५४ लाख ७६ हजार १८, रसियामा १६ लाख ३४ हजार ६७१ र अर्जेन्टिनामा १२ लाख १० हजार ६३४ जना उपचारपछि घर फर्किएका छन् ।

चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् । तर उक्त संक्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन् ।

कुन देशमा कति जना उपचारपछि घर फर्किए, कति जनामा संक्रमण र कति जनाको मृत्यु भएको छ ? हेर्नुहोस्ः

साभारः https://www.worldometers.info/coronavirus


प्रकाशित मितिः २०७७ साल मंसिर १० बुधबार, १२:५८