काठमाडौंः चीनको वुहानबाट फैलिएको नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट विश्वभर संक्रमित हुनेको संख्या ६ करोड २५ लाख ७३ हजार १८७ जनामा संक्रमित भएको पुष्टि भएको छ ।

विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण समाचार तयार गर्दासम्म कोरोना भाइरसबाट १४ लाख ५८ हजार ३०५ जनाको मृत्यु भएको छ । यस्तै, उपचारपछि घर फर्किने संख्या ४ करोड ३१ लाख ९३ हजार ९८४ जना पुगेको छ ।

हालसम्ममा कोरोना भाइरसका कारणबाट अमेरिकामा विश्वकै सबैभन्दा बढी संक्रमित देखिएका छन् । अमेरिकामा संक्रमित हुनेको संख्या १ करोड ३६ लाख १० हजार ३५७ जना पुगेको छ ।


। त्यस्तै, भारतमा ९३ लाख ९३ हजार ३९ जना, ब्राजिलमा ६२ लाख ९० हजार २७२ जना, रसियामा २२ लाख ४२ हजार ६३३ जना र फ्रान्समा २२ लाख ८ हजार ६९९ जनामा संक्रमण देखिएको छ ।

यसैगरी, कोरोनाको संक्रमणबाट अमेरिकामा २ लाख ७२ हजार २५४ जनाको मृत्यु भएको छ । यसैगरी, ब्राजिलमा १ लाख ७२ हजार ६३७ जना, भारतमा १ लाख ३६ हजार ७३३ जना, मेक्सिकोमा १ लाख ५ हजार ४५९ जना र बेलायतमा ५८ हजार ३० जनाको मृत्यु भएको छ ।

हालसम्ममा भारतमा ८८ लाख २ हजार २६७ जना उपचारपछि घर फर्किएका छन् । यसैगरी, अमेरिकामा ८० लाख ४१ हजार २३९ जना, ब्राजिलमा ५५ लाख ६२ हजार ५३९, रसियामा १७ लाख ३९ हजार ४७० र अर्जेन्टिनामा १२ लाख ४२ हजार ८७७ जना उपचारपछि घर फर्किएका छन् ।

चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् । तर उक्त संक्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन् ।

कुन देशमा कति जना उपचारपछि घर फर्किए, कति जनामा संक्रमण र कति जनाको मृत्यु भएको छ ? हेर्नुहोस्ः

साभारः https://www.worldometers.info/coronavirus


प्रकाशित मितिः २०७७ साल मंसिर १४ आइतबार, १०:१८