काठमाडौंः चीनको वुहानबाट फैलिएको नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट संक्रमित हुनेको संख्या १ करोड १३ लाख ७२ हजार ४ जनामा संक्रमित भएको पुष्टि भएको छ ।

विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण हालसम्म कोरोना भाइरसबाट ५ लाख ३२ हजार ८६१ जनाको मृत्यु भएको छ । यस्तै, उपचारपछि घर फर्किने संख्या ६४ लाख ३३ हजार ९४२ जना पुगेको छ ।

हालसम्ममा कोरोना भाइरसका कारणबाट अमेरिकामा विश्वकै सबैभन्दा बढी संक्रमित देखिएका छन् । अमेरिकामा संक्रमित हुनेको संख्या २९ लाख ३५ हजार ७७० जना पुगेको छ । अमेरिकापछि ब्राजिलमा बढि संक्रमित देखिएको छ ।


। अहिलेसम्म ब्राजिलमा १५ लाख ७८ हजार ३७६ जना, रसियामा ६ लाख ७४ हजार ५१५ जना, भारतमा ६ लाख ७३ हजार ९०४ जना र पेरुमा २ लाख ९९ हजार ८० जनामा संक्रमण देखिएको छ ।

चीनको वुहानबाट सुरु भएको कोरोनाको संक्रमणबाट अमेरिकामा १ लाख ३२ हजार ३१८ जनाको मृत्यु भएको छ । यसैगरी, ब्राजिलमा ६४ हजार ३६५ जना, बेलायतमा ४४ हजार १९८ जना, इटालीमा ३४ हजार ८५४ जना र फ्रान्समा २९ हजार ८९३ जनाको मृत्यु भएको छ ।

हालसम्ममा अमेरिकामा १२ लाख ६० हजार ४०५ जना उपचारपछि घर फर्किएका छन् । यसैगरी, ब्राजिलमा ९ लाख ७८ हजार ६१५ जना, रसियामा ४ लाख ४६ हजार ८७६, भारतमा ४ लाख ९ हजार ६२ र चिलीमा २ लाख ५७ हजार ४४५ जना उपचारपछि घर फर्किएका छन् ।

चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् । तर उक्त संक्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन् ।

कुन देशमा कति जना उपचारपछि घर फर्किए, कति जनामा संक्रमण र कति जनाको मृत्यु भएको छ ? हेर्नुहोस्ः

साभारः https://www.worldometers.info/coronavirus


प्रकाशित मितिः आइतबार, असार २१, २०७७, ०६:५५