काठमाडौंः दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मा कोरोना भाइरस (कोभिड–१९) बाट हालसम्म ६४३ जनाको मृत्यु भएको छ ।

सार्क देश मध्ये भातमा सबैभन्दा धेरै ४४८ जनाको मृत्यु भएको छ । त्यस्तै, पाकिस्तानमा १२८, बंगलादेशमा ६० र श्रीलंकामा भने ७ जनाको मृत्यु भएको हो ।

हालसम्म सार्क देशमा संक्रमितको संख्या २२ हजार २०५ पुगेको छ । सबैभन्दा बढी भारतमा १३ हजार ४३० जना संक्रमित छन् । यस्तै, पाकिस्तानमा ६ हजार ९१९, बंगलादेशमा १ हजार ५७२, श्रीलंकामा २३८, माल्दिभ्समा २५, नेपालमा १६ र भुटानमा ५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

हालसम्म सार्क देशमा संक्रमितको संख्या २२ हजार २०५ पुगेको छ ।


। सबैभन्दा बढी भारतमा १३ हजार ४३० जना संक्रमित छन् । यस्तै, पाकिस्तानमा ६ हजार ९१९, बंगलादेशमा १ हजार ५७२, श्रीलंकामा २३८, माल्दिभ्समा २५, नेपालमा १६ र भुटानमा ५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

चीनको वुहानबाट फैलिएको कोरोना (कोभिड–१९) भाइरसका कारणबाट पटिल्लो अपडेट अनुसार संक्रमित हुनेको संख्या २१ लाख ८२ हजार ८२३ जनामा संक्रमित भएको पुष्टि भएको छ ।

यसैगरी, हालसम्म कोरोना भाइरसबाट १ लाख ४५ हजार ५५१ जनाको मृत्यु भएको छ भने उपचारपछि घर फर्किने संख्या ५ लाख ४७ हजार ६७९ जना पुगेको छ ।


प्रकाशित मितिः शुक्रबार, वैशाख ५, १०:३८