काठमाडौंः कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट भारतमा पहिलोपटक एक जनाको मृत्यु भएको छ ।

भारतको कर्नाटक कालबुर्गीमा भाइरसबाट ७६ वर्षीय एक व्यक्तिको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतको स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै कारोना संक्रमित एक जनाको मृत्यु भएको पुष्टि गरेको छ ।

मन्त्रालयका अनुसार ती व्यक्ति साउदी अरबमा बिताएर भारत फर्किएका थिए ।

भारतीय सञ्चारमाध्यमहरूले जनाएअनुसार भारतमा अहिलेसम्म ७४ जनामा कोरोनाको सङ्क्रमण भएको पुष्टि भएको छ ।


प्रकाशित मितिः शुक्रबार, फागुन ३०, ०८:४२