काठमाडौंः नेपालमा पहिलो पटक कोरोना भाइरस प्रमाणित भएका नेपालगञ्जका एक युवा निको भएर नियमित कामकाजमा फर्किएका छन् । अरु बिरामी अस्पतालबाट स्वस्थ भएर घर फर्किन्छन्, तर उनी घरमै स्वस्थ भएर अस्पताल फर्केका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म चार जनाको ल्याब परीक्षण गरिएको र माघ ९ गते चीनबाट नेपाल फर्किएका ती युवाबाहेक अरुको रिपोर्ट अहिलेसम्म नेगेटिभ आएको अवस्था छ ।

मन्त्रालयले बिरामीको परिचय गोप्य राख्ने चाहना प्रकट गर्दै उनी अहिले आफ्नो काममा फर्किसकेको समेत जानकारी दिएपछि नेपाल समाचारपत्रले बिरामीलाई नै भेटेर कुराकानी गर्दा उनले भने– ‘हो, परीक्षणमा मलाई पोजिटिभ देखाइएको थियो, तर अस्पतालमा मैले राम्रो उपचार पाइनँ ।


। आफ्नै पहलमा उपचार गरें, अहिले परीक्षण गर्दा कोरोना भाइरस नभएको अर्थात् नेगेटिभ रिजल्ट आएको छ ।’

बिरामीका अनुसार चीनबाट काठमाडौं हुँदै नेपालगञ्जसम्मको यात्रा पूरा गरी घर पुग्दा ज्वरो आयो । तत्काल नेपालगञ्जबाट पुनः उनी काठमाडौं फर्के र सरकारको एक मात्र सरुवारोग अस्पताल शुक्रराज ट्रपिकल टेकु पुगे । सामान्य बिरामीसरह दुई घण्टा लाइन बसेर ल्याब परीक्षण गराए । यो समाचार आजको नेपाल समाचारपत्र मा छ ।


प्रकाशित मितिः मंगलबार, फागुन २७, ०७:२१