काठमाडौंः सरकारले नेपाल आउने विदेशीलाई आगमन भिसा(अन-अराइभल) भिसा नदिने भएको छ ।

कोरोना भाइसको जोखिमलाई मध्यनजर गर्दै सरकारले अन(अराइभल भिसा दिने व्यवस्था स्थगित गर्ने निर्णय गरेको हो ।

आइतवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले आगामी फागुन २४ गतेबाट ‘अन-अराइभल’ भिसा स्थगित गर्ने निर्णय गरेको श्रोतको भनाइ छ ।

कोरोना संक्रमण देखिएका देशहरुबाट नेपाल आउने व्यक्तिले सम्बन्धित देशमा रहेको नेपाली दूतावासबाटै भिसा ल्याउनु पर्नेछ र भिसाका लागि निवेदन दिँदा स्वास्थ्य सर्टिफिकेटसमेत ल्याउनुपर्ने व्यवस्था गरिएको छ ।

विश्वभर कोरोनाको संक्रमण फैलिरहेको छ ।


। नेपालमा पनि कोरोनाको उच्च जोखिम रहेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) जनाएपछि सरकारले नियन्त्रण र पूर्वतयारीका लागि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा उच्चस्तरीय समन्वय समिति गठन गरेको छ ।

सरकारले विमानस्थलमा सबैको जाँच गर्ने लागयतका निर्णय गरेको छ ।


प्रकाशित मितिः सोमबार १९ फाल्गुन, ०७:४८