काठमाडौंः स्पेनिस कोपा डेल रे फुटबलको फाइनल खेल कोरोना भाइरसको त्रासका कारण स्थगित भएको छ ।

स्पेनिस फुटबल फेडेरेसनले अप्रिल १८ मा गर्ने भनिएको प्रतियोगिताको फाइनल खेल अर्को सूचना नआउँदासम्मका लागि स्थगित गरिएको हो ।

यस सिजन कोपाको फाइनलमा एथ्लेटिको बिल्बाओ र रियल सोसिडाड पुगेका छन् ।

कोरोनालाई मध्येनजर गर्दै स्पेनिस फुटबल फेडेरेसनले कम्तिमा दुई साता बन्द रंगशालामा खेल खेलाउने निर्णय गरिसकेको छ ।


प्रकाशित मितिः बिहीबार, फागुन २९, ०९:०२