काठमाडौंः बुधवार एकै दिन चीनको हुबे प्रान्तमा कोरोना भाइरस सङ्क्रमणबाट बिरामी भएका २४२ जनाको मृत्यु भएको चिनियाँ सरकारी अधिकारीहरूले पुष्टि गरेका छन् । कोभिड १९ नाम दिइएको उक्त रोगको प्रकोप फैलिएकोपछि एकै दिनमा मृत्यु हुने मानिसको यो सर्वाधिक सङख्या हो । यससँगै उक्त भाइरसबाट सङ्क्रमण भई मृतकहरूको कुल सङ्ख्या १,३५० पुगेको छ ।

यस्तै क्त भाइरसबाट सङ्क्रमण भई बिरामी हुनेको सङख्या झन्डै ६०,००० पुगेको छ । चीनभरि भएका सङ्क्रमित मानिसमध्ये ८० प्रतिशत हुबेका हुन् । उक्त भाइरस हाल चीन बाहेक विश्वका दर्जनबढी देशमा फैलिइसकेको छ भने बाहिरी देशमा पनि कोरोना भाइरस संक्रमणका कारण २ जनाले ज्यान गुमाइसकेका छन् ।


१ डिसेम्बरमा हुवेई प्रान्तको वुहान शहरमा देखा परेको उक्त भाइरसबाट संक्रमित बिरामीलाई ज्वरो आउने, सास फेर्न अप्ठ्यारो हुने र छातीमा संक्रमण हुने गर्दछ ।


प्रकाशित मितिः बिहीबार, फागुन १, १२:०३