काठमाडौंः विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले ६ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अझै खराब आउन बाँकी नै रहेको चेतावनी दिएको छ ।

डब्लुएचओका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले यति धेरै मानवीय र आर्थिक/सामाजिक क्षति भइसक्दा पनि महामारीको सबैभन्दा खराब स्थिति आउन बाँकी नै रहेको चेतावनी दिएका हुन् ।

उनले भनेका छन्, ‘यो महामारी चाँडै अन्त्य होस् भन्ने चाहन्छौं, तर सत्य यो हो कि हामी अझै यो महामारी अन्त्य हुने विन्दुबाट धेरै टाढा छौं । केही देशले नियन्त्रणमा लिएजस्तो देखिएपनि विश्वभर यो समस्या कायमै छ । राष्ट्रिय र विश्वव्यापी एकतामा कमी देखिएकाले भाइरस फैलन मद्दत मिलिरहेको छ, त्यसैले खराब समय आउन बाँकी नै छ ।


।’

महामारी नियन्त्रणका लागि अझै पनि परीक्षण, ट्रेसिङ्ग, आइसोलशन र क्वारेन्टाइन नै उपयुक्त उपाय भएको उनको सुझाव छ ।

यही महामारीका कारण धेरै देशमा स्वास्थ्य प्रणाली निकै खराब भएको छ । विश्वभरको अर्थतन्त्र र सामाजिक जनजीवनमा निकै असर परेको छ ।

कोरोना भाइरस पहिलोपटक गत वर्षको डिसेम्बर ३१ मा चीनको वुहानमा देखिएको थियो ।


प्रकाशित मितिः मंगलबार, असार १६, २०७७, ०८:४२