भक्तपुरः श्री बाराही बचत तथा ऋण सहकारी संस्था लि.ले कोरोना नियन्त्रण तथा रोकथामको लागि भक्तपुर नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा रु. २ लाख ५१ हजार तीन सय चौरासी रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

श्री बाराही साकोसका अध्यक्ष बलराम प्रजापतिले भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई आज आर्थिक सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् ।

नगर प्रमुख प्रजापतिले संस्थाका अध्यक्ष प्रजापतिलाई विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ संक्रमण रोकथाम र नियन्त्रणको लागि नगरपालिकाले सञ्चालन गरेको आइसोलेसन केन्द्र व्यवस्थापन लगायतका आवश्यक व्यवस्थापनको लागि सहयोग गरेकोमा धन्यवाद ज्ञापन गरे ।



प्रकाशित मितिः २०७७ साल कार्तिक ४ मंगलबार, १५:४१