सिन्धुपाल्चोकः कोरोना भाइरसको त्रास हटाउन जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले यात्रु सचेतना अभियान सुरु गरेको छ ।

जिल्लाको वनदेउ नाकाबाट एक समारोहकाबीच वागमती प्रदेश कार्यालय हेटौंडाका निमित्त प्रमखु किशोर कुमार दाहाल र कार्यालयका प्रमुख एसपी प्रज्वल महर्जनले संयुक्त रुपमा यात्रु तथा चालकलाई कोरोना बारेमा छोटो जानकारी र सचेतना मुलक पर्चा वितरण गरेका थिए ।

सो अवसरमा एसपी महर्जनको अगुवाईमा यात्रु सहायता कक्षसहित कोरोना हेल्प डेस्क स्थापना गरेर यात्रु सचेतना अभियान सुरु गरिएको थियो ।

छिमेकी मुलुक चीनबाट फैलिएको कोरोना भाईरस विरुद्धको सचेतना अभियान वागमती प्रदेश प्रहरीको अभियानलाई साथ दिदै यात्रु सचेतना अभियान सुरु गरेको एसपी प्रज्वल महर्जनले बताए ।


सवारी चालक र यात्रुहरुलाई पर्चासहित गरिएको सचेतनाले महत्वपूर्ण भूमिका खेल्ने सो अवसरमा बोल्दै वागमती प्रदेश कार्यालयका निमित्त प्रमुख किशोरकुमार दाहालले बताए ।

वागमती प्रदेश प्रहरी कर्यालय हेटौंडाको कोरोना भाईरस विरुद्धको सचेतना अभियान अन्र्तगत चीनसगँ सिमा नाका जोडिएको यस जिल्लाबाट जाने तथा आउने यात्रुलाई वसमा नै चढेर सचेतना मुलुक पर्चा वितरण गर्दै यात्रु सचेतना अभियान सुरु गरिएको थियो ।

दुर्घटना न्यूनीकरण गर्न तथा यात्रुलाई सुरक्षित यात्राको अनुभुति गराउने, कोरोना विरुद्ध सचेतना र स्वास्थ्य प्रति सजक गराउन कार्यक्रमको आयोजना गरेको एसपी महर्जनले प्रष्ट पारे ।

यसैगरी, वागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा र जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको सहकार्यमा बाह्रविसे नगरपालिकामा कोभिड–१९ (नोवेल कोरोना भाइरस) रोकथाम तथा नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरिएको छ ।

विभिन्न जिल्लाको विकट स्थानमा यसअघि नै सचेतना कार्यक्रम सम्पन्न गरेको प्रहरीले शनिबार बाह्रविसे नगरमा विभिन्न समुदायलाई लक्षित गरि सचेतना कार्यक्रम आयोजना गरेको हो ।

विश्वलाई नै आक्रान्त बनाएको कारोना भाईरसका बारेमा सचेतना फैलाउने अभियान अन्तर्गत प्रदेशका १० जिल्लामा विभिन्न सचेतना मुलुक कार्यक्रम जारी राखेको वागमती प्रहरीका निमित्त प्रदेश प्रमुख किशोरकुमार दाहालले बताए ।


प्रकाशित मितिः आइतबार, चैत २, ०८:२४