काठमाडौंः कोरोना भाइरस (कोभिड–१९) का कारण अर्घाखाँचीका एक पुरुषको मृत्यु भएको पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १६ पुगेको छ ।

मालारानी गाउँपालिका–४ का ५७ वर्षीय पुरुषको कोरोना संक्रमणले मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।

ती पुरुषको स्वास्थ्यमा समस्या आएपछि लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार गरी घर फर्किने क्रममा उनको बाटोमै मृत्यु भएको हो ।

जेठ २९ गते भैरहवामा भएको स्वाव परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको थियो । उनी भारतबाट फर्किएर मालारानी गाउँपालिका–४ को सार्वजनिक आधारभूत विद्यालयको क्वारेन्टाइनमा बसेका थिए ।



प्रकाशित मितिः शुक्रबार, जेठ ३०, १७:०२