काठमाडौंः कोरोना भाइरस (कोभिड–१९) का कारणबाट पछिल्लो २४ घण्टामा थप १५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५७८ पुगेको छ ।

मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ५ जना महिला र १० जना पुरुष गरी कूल १५ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सिराहाकी ५० वर्षीया एक महिला, रौतहटकी ७२ वर्षीया एक महिला, काठमाडौंका ६६ र ७२ वर्षीया दुई महिला, र दाङकी ७१ वर्षीया एक महिला रहेका छन् भने मोरङका ४० र ६० वर्षीय दुई पुरुष, काठमाडौंका ४५, ५३, ६४ र ६९ वर्षीय चार पुरुष, ललितपुरका ४६ वर्षीय एक पुरुष, चितवनका ६१ वर्षीय एक पुरुष, रुपन्देहीका ५५ वर्षीय एक पुरुष र नवलपरासीका ७६ वर्षीय एक पुरुष रहेको मन्त्रालयले जनाएको छ ।



प्रकाशित मितिः बुधबार, असोज २१, २०७७, १६:४९